2026-08-21 05:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रनिल्याण्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै शुक्रबार फेरि ग्रिनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिनुभएको छ।

तेल कम्पनीका कार्यकारीसँग भेनेजुएलामा तेलका लागि लगानी गर्ने बिषयमा ह्वाइट हाउसमा आयोजित भेटमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उनीहरूले यो मन पराउन् वा नपराउन् हामी ग्रीनल्याण्डमा पनि केही गनेछौँ।”

ग्रिनल्याण्डबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म एक सम्झौता गर्न चाहन्छु । यदि हामीले सहज तरिकाले सम्झौता गर्न सकेनौँ भने हामी यसलाई कठिन तरिकाले भएपनि गरिछाड्नेछौँ ।”

राष्ट्रपति ट्रम्पले आर्कटिकमा रुस र चीनको बढ्दो सैन्य गतिविधिलाई मध्यनजर गर्दै खनिजको धनी टापुलाई नियन्त्रण गर्नु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “हामी ग्रीनल्याण्ड रूस वा चीनले कब्जा गरेको देख्न चाहँदैनौँ । यदि हामीले त्यसो गरेनौँ भने उनीहरूले के गर्न सक्छन्, यो विचार गर्नुपर्ने बिषय हो । त्यसैले हामी ग्रीनल्याण्डलाई सहज वा कठिन तरिका जसरी हुन्छ संरक्षण गर्नुपर्छ ।”

चीन र रूस दुवै देशले हालैका वर्षहरूमा आर्कटिक क्षेत्रमा सैन्य गतिविधि बढाएका छन्, तर दुवैले विशाल हिम टापुमा कुनै दाबी गरेका छैनन्।

डेनमार्क र अन्य युरोपेली सहयोगीहरू ट्रम्पको ग्रिनल्याण्डलाई आफ्नो नियन्त्रणमा लिने चेतावनीबाट स्तब्ध भएका छन् । ग्रीनल्याण्डमा संयुक्त राज्य अमेरिकाको पहिलेदेखि नै सैन्य आधार रहेको छ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रीनल्याण्डमाथिको आक्रमणले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र दोस्रो विश्वयुद्धपछिको सुरक्षा संरचनाको अन्त्य हुने चेतावनी दिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सन् २००३ मा इराकमाथि भएको आक्रमणमा अमेरिकासँग सामेल भएको अमेरिकाको दृढ सहयोगी डेनमार्कको चिन्ताप्रति आश्वासन दिने कोशिस गर्नुभएको थियो ।

ट्रम्पले भन्नुभयो, “म डेनमार्कको प्रशंसक पनि हुँ, तपाईंलाई थाहा पनि छ, उनीहरू मसँग धेरै सकारात्मक छन्।”

“तर तपाईंलाई थाहा छ, तथ्य यो हो कि ५०० वर्ष पहिले उनीहरूको त्यहाँ डुङ्गा भूमि थियो यसको मतलब यो होइन कि उनीहरूको जमिनको स्वामित्व छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ग्रीनल्याण्डका विदेशमन्त्री र डेनमार्कका प्रतिनिधिसँग अर्को साता भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक