2026-08-21 04:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड

काठमाडौँ | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले संस्थागत विकास र सेवा प्रवाहमा सुधार गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । निगमको ५६औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले निगमलाई सबल र प्रतिस्पर्धी बन्न आग्रह गर्नुभयो ।

पेट्रोलियम पदार्थको आयात, भण्डारण र बिक्रीको एकाधिकारको लाभबाट मात्रै संस्था अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री सिन्हाले उच्च व्यवासयिकता प्रदर्शनमा निगम सफल हुनसक्नुपर्ने बताउनुभयो । “संस्थागत सुशासनलाई मजबुद बनाएर लैजानुपर्छ”, उहाँले भन्नुभयो, “पारदर्शी, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतालाई उच्च प्राथमिकता दिनुपर्छ ।”

निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा रामप्रसाद घिमिरे समयको मागअनुसारको सेवा प्रवाहमा निगम निपूर्ण हुनुपर्ने बताउनुभयो । कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निगम प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता