२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग

२६ पुष २०८२, शनिबार १८:११

काठमाडौँ | आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा नौ हजार ७४३ निर्वाचन (म्यादी) प्रहरीको माग गरिएको छ ।

प्रदेशका दश जिल्लामा रहेका बाह्र निर्वाचन क्षेत्रका लागि नौ हजार ७४३ प्रहरीको माग भएसँगै दरखास्त आह्वान गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन प्रहरीको माग दश जिल्लामध्ये सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम हुम्लामा गरिएको छ ।

सुर्खेतमा एक हजार ६२८, दैलेखमा एक हजार ३७८, सल्यानमा एक हजार ३१०, कालीकोटमा एक हजार १०२, जाजरकोटमा ८८६, जुम्लामा ८७८, मुगुमा ५८०, डोल्पामा ५७९ र हुम्लामा ५४९ निर्वाचन प्रहरी माग गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताउनुभयो । निर्वाचन प्रहरीको दरखास्त दिन पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म सार्वजनिक बिदाको दिन भए पनि सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउने प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सरकारले स्वीकृत गरेको मापदण्डअनुसार देशभर निर्वाचन सुरक्षाका लागि कुल एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला