2026-10-21 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी छाड्ने समाचार भाईरल भएपछि देवी ज्ञवालीले सामाजिक संजालमा यस्तो लेखे

असोज २५, चितवन । चितवनका एमाले नेता देवी ज्ञवालीले पार्टी नछाड्ने बताएका छन् ।

एमालेले माओवादीसँग चुनावी तालमेल गरेपछि विभिन्न मिडियामा ज्ञवालीले एमाले छाड्ने समाचार आएका थिए । चितवनबाट प्रचण्ड लड्ने भएपछि उनलाई सहयोग गर्नुभन्दा पार्टी नै परित्याग गर्न उत्तम भन्दै स्रोत उल्लेख गरेर आएका समाचार गलत भएको ज्ञवालीले बताएका छन् । 

उनले समाजिक संजाल फेसबुकमा स्टाटस राख्दै उनले उमाले छाड्दै भन्दै आएका समाचार भ्रामक भएको बताएका हुन् । स्थानीय तहको निर्वाचनमा ज्ञवाली भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालसँग पराजित भएका थिए ।

हेर्नुस उनको भनाई जस्ताको तस्तै:

आदरणिय मेरा वुबा आमा,दाजु भाइ,दिदि,बहिनी,मेरा शुभचिन्तक,मेरा अनुयायी र म देवी ज्ञवालि पर्ति माया र नेकपा एमालेमा आश्था र विश्वाश राख्नुनहुने सबैामा मेरो यस्तो कपोल कल्पित भामक् समाचार समाजिक सजालमा आएकोमा म खन्डन गर्दछु ! यो बाट प्रभाबित नहुन म मेरा जन समुदाय पर्ति अनुरोध गर्दछु! कृपया सक्दो सेयर गरिदिनुहुन मेरो विनम्र अनुरोध छ ।


र यो पनि 
देवी ज्ञवालीले एमाले छाड्ने ! कुन पार्टीमा प्रवेश गर्लान् ?

भरतपुर महानगरपालिका पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् ।

एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग गर्ने तयारी गरेका हुन् । उनले आफू निकटका एमाले नेताहरूसँग प्रचण्डसँग एउटै पार्टीमा बस्न नसक्ने सुनाएका छन् ।

‘मलाई हराउन प्रचण्डले कांग्रेससँग मिलेर ठूलो षड्यन्त्र गरे’, ज्ञवालीको भनाइ उदृत गर्दै एमाले चितवनका एकजना पदाधिकारीले भने, ‘प्रचण्डको पक्षमा मत माग्नुभन्दा बरु एमाले पार्टी नै छाडेर स्वतन्त्र रुपमा बस्छु ।’ प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताउनका लागि नेपाली कांग्रेससँग तालमेल र जालझेल गरेर ज्ञवालीलाई पराजित गराएका थिए ।

भरतपुर महानगरपालिकाको मेयरमा जितेर पनि हारेका ज्ञवालीले माओवादी केन्द्रलाई कुनै पनि हालतमा आफूले सहयोग गर्न नसक्ने बताउँदै आएका छन् । प्रचण्ड चितवनमा प्रतिस्पर्धा गर्ने हो भने देवी ज्ञवालीको राजनीतिमा कहिल्यै पनि उन्नती हुने छैन ।

स्रोतका अनुसार एमाले परित्याग गरेपछि ज्ञवाली नेपाली कांग्रेस वा अन्य साना दलहरूमा प्रवेशको तयारी थालेका छन् । ‘देवी ज्ञवाली एमाले र एमालेका नेताहरूसँग बिरक्तिनु भएको छ’, स्रोतले भन्यो, ‘विशेष गरेर केपी ओली र प्रचण्डको व्यवहारबाट आजित हुनुहुन्छ ।’ बरु निस्वार्थ भावना राखेर कांग्रेसलाई सहयोग गर्ने तयारी गरेको आफन्तले समेत बताएका छन् ।

नेता ज्ञवालीले आफूलाई हराउन ठूलो भूमिका खेल्ने प्रचण्डको प्रचार गर्न केपी ओलीले निर्देशन दिएकोमा पनि चित्त दुखाएका छन् । उनले ओलीको निर्देशनलाई कहिल्यै नमान्ने जवाफ समेत फर्काइ सकेका छन् । -रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ