१० कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व: अर्थमन्त्री कार्की

२५ आश्विन २०७४, बुधबार ०७:४५

असोज २५, इटहरी । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताउनुभएको छ । 

अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाइ कार्यालयको अवलोकन एवं निरीक्षण गर्दै विशेष कार्यनीतिलाई कार्यान्वयनका लागि इमान्दार भएर लाग्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

“देश समृद्ध बनाउन नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी छ,” उहाँले भन्नुभयो । राजश्वको क्षेत्रलाई वृहत बनाइ सबैलाई राष्ट्र निर्माणको दायित्वमा समेट्ने नीति ल्याइएकाले त्यसको कार्यान्वयनमा इमान्दारिताकासाथ जुट्न मन्त्री कार्कीले निर्देशन दिनुभयो । 

करको दायरामा सबै करदातालालाई समेटे मुलुक आफ्नो आन्तरिक करका स्रोतबाट समृद्ध बन्नसक्ने उहाँको भनाइ थियो । राजश्व अनुसन्धान विभाग पूर्वाञ्चल इकाइ कार्यालयका प्रमुख जयकुमार भण्डारीले भन्सार छलेर आउने नाकामा कडाइकासाथ निगरानी गरिँदै आएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य सुनका असर्फी र चाँदीका सिक्का बिक्रीको तयारी, खरिद गर्न नागरिकता अनिवार्य एमाले र कांग्रेसले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री पाकिस्तानले जित्यो इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिज हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली एमाले हाम्रो प्रतिस्पर्धी भएकाले आगामी निर्वाचनमा धेरै तयारी गर्नपर्छ : डा.कोइराला काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला, पिएसजीले ६० मिलियन डलर दिनुपर्ने लिगइंग्लिस प्रिमियर फुटबल:लेस्टरमाथि नटिङघमको शानदार जीत नेपाल पर्यटन बोर्ड र राकुटेन भाइबरबिच सहकार्य इजरायलद्वारा इरानका सैन्य ठेगानामा क्षेप्यास्त्र आक्रमण आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै माओवादीको खबरदारी सभा आज : ३० हजार कार्यकर्ता सडकमा उतार्ने दाबी यु–१७ एसियन कपमा नेपाल कतारसँग ५–० गोलले पराजित रास्वपाले सरकारविरुद्धको आन्दोलनलाई आज पनि जारी राख्ने जावलाखेलमा जारी गोदावरी पुष्प मेलामा अवलोकनकर्ताको घुइँचो, २ दिनमा ४० लाखको कारोबार