४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

४ माघ २०८२, शनिबार १७:०४

काठमाडौँ | नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ ।

पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकामा आयोगप्रति बैठकले आभार व्यक्त गरेको छ ।

बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिँदै देशविदेशमा रहेका सबै कांग्रेसीमा नवीन ऊर्जाका साथ आगामी फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ ।

बैठकले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका अन्य नेताले कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पु¥याएकोे योगदानको उच्च कदर गर्दै धन्यवादज्ञापन गरेको छ । साथै बैठकले उहाँहरूबाट भविष्यमा पनि पार्टीका लागि अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले भविष्यमा कुनै दलसँग अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता