२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी शर्मा ओली झापा पुगे

२०८२, ६ माघ सोमबार १३:५६

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लामो समयको यात्रा प्रतिबन्ध फुकुवा भएपछि पहिलो पटक झापा पुगेका छन्।

गत भदौमा भएको युवा नेतृत्वको ‘जेन–जी’ आन्दोलनका क्रममा भड्किएको हिंसापछि जाँचबुझ आयोगले उनलाई काठमाडौँ उपत्यका बाहिर जान रोक लगाएको थियो। आयोगले हालै उक्त प्रतिबन्ध हटाउने निर्णय गरेसँगै ओली सोमबार बिहान भद्रपुर विमानस्थल ओर्लिएका हुन्।

विमानस्थलमा स्थानीय नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा भव्य स्वागत गरिएलगत्तै उनी सिधै दमकतर्फ प्रस्थान गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन र चुनावी रणनीति तय गर्न ओली गृहजिल्ला पुगेका हुन्। एमालेले उनलाई सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिसकेको छ।

लामो समयको अन्तरालपछि आफ्ना नेतालाई जिल्लामा पाउँदा स्थानीय कार्यकर्ताहरू उत्साहित देखिएका छन् भने ओलीले पनि दमक पुगेर चुनावी तयारीबारे निर्देशन दिन सुरु गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन