2026-10-23 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी

काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताउनु भएको छ ।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘प्रदेशस्तरीय सीप तथा रोजगार मेला–२०८२’ को आज उद्घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताउनु भयो । सुदूरपश्चिम प्रकृति र संस्कृति दुबैमा धनी भएकाले त्यसको मिश्रण नहुँदा विकास हुन नसकेको बताउनु भयो ।मन्त्री भण्डारीले श्रम मन्त्रालयमा भएका विभिन्न कार्यक्रमलाई द्रुत मार्गबाट सुदूरपश्चिममा ल्याउने प्रयास गरिने बताउनु भयो ।

उहाँले देशमा रोजगारीका अवसर सिर्जना गर्नु पर्ने उल्लेख गर्दै युवामा भएको प्रचुर शक्तिलाई प्रयोग गर्न दिने वातावरण नुहँदा युवा विदेशिने गरेका बताउनु भयो । उहाँले भन्नु भयो, “युवामा भएको ऊर्जा प्रयोग गर्ने वातावरण भएन । युवाको त्यो उकुसमुकुसता र छटपटी विस्फोटका रूपमा प्रकट भएको छ । जेनजी आन्दोलन युवाको ऊर्जाको विस्फोट थियो । त्यो आन्दोलन थिएन ।”

श्रम मन्त्रालयले आन्तरिक रोजगारका लागि कार्यविधि बनाएर केही कुरा अगाडि बढाएको मन्त्री भण्डारीले बताउनु भयो । मेलामा सात क्षेत्रका २२ विधामा तालिम सञ्चालन हुने बताइएको छ । मेला ४० दिनसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ