काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मनोनयन दर्ताका लागि दर्ता स्थलमा पुगेका छन् । रुकुम पूर्व निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दिन लागे उनी सोमबार नै त्यहाँ पुगेका थिए । संयोजक प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा मनोनयन दर्ताको काम भइरहेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले जनाएको छ ।