१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक

१० माघ २०८२, शुक्रबार १७:१२

काठमाडौँ | यही बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजना तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साथै, तोकिएको उद्योग व्यवसायको क्षेत्रमा विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने निर्णय पनि गरिएको छ । बैठकले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई नयाँ दिल्लीमा माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने फस्र्ट साउथ एसियन एग्रो फोरेस्ट्री एन्ड फ्रिज अर्थ साइड फोरेस्ट कन्फ्रेन्समा सहभागी हुन स्वीकृति दिएको छ ।

२०८२ भदौ २३–२४ गते भएको प्रदर्शनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाल सरकारको प्रतिनिधित्व गर्दै पुष १५ गतेदेखि १७ गतेसम्म बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी परराष्ट्र मन्त्रीको भ्रमण समर्थन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरू –

१. सिद्धार्थ राजमार्ग बुटवल पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने,

२. तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग अटोमेटिक रुटबाट हुने विदेशी लगानीको माथिल्लो सिमा हटाउन स्वीकृति दिने,

३. भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखी २४ गतेसम्म सञ्चालन हुने फस्र्ट साउथ एसियन एग्रो फोरेस्ट्री एण्ड फ्रिज अर्थ साइड फोरेस्ट कन्फ्रेन्समा कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने,

४. २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने,

५. नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुष १५ देखि १७ गते सम्म बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी भएका माननीय परराष्ट्र मन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने,

६. नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपलब्ध गर्न स्वीकृति दिने,

७. नेपाल सरकारको नाममा दर्ता श्रेष्ठ कायम रहेको काभ्रेपलानचोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकलाई उपलब्ध गर्न स्वीकृति दिने,

८. मिति २०८१ फागुन २७ मा प्रतिनिधिसभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१ फागुन २७ गतेको अतिरिक्त अंक गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने,

९ . गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु