काठमाडौँ | शिक्षामन्त्री पदबाट राजीनामा दिएका चुनावमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिन्ह पाएका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनावमा होमिएका पुनलाई निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले त्रिभुज चुनाव चिन्ह दिएको हो ।
यसअघि आफु उम्मेदवार नबन्ने बताउदै आएका पुनले अचानक मन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् । उनले सोमबार नै म्याग्दी पुगेका पुनले उतैबाट मंगलबार बिहान राजीनामा दिएका थिए ।