११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए

११ माघ २०८२, शनिबार १५:४१

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा अध्यक्ष घिसिङले आफू रवि लामिछानेलाई सभापति र बालेन साहलाई बरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता गरेको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताएका हुन् ।

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले बताए। उनले सो समयमा समानुपातिक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको दाबी गरे। तर प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढी उम्मेदवार उठाउने प्रस्ताव आफूहरुले गरेको उनले बताए।

उनले आफूले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने विषयमा कुरा राख्दा रास्वपाले एकता भंग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे। घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दवाव आएको हुनसक्ने आशंका व्यक्त गरे। आगामी चुनावका लागि पार्टीले सशक्त रुपमा तयारी गरिसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह