११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए

११ माघ २०८२, शनिबार १७:४८

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन्। शनिबार काठमाडौँमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौँमा आफू सहजै जित निकाल्ने अवस्थामा रहे पनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन्।

काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा गरिरहने उनको भनाइ छ। सभापति थापाले काठमाडौँ बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरे पनि आँट नपुगेको उल्लेख गरे। ‘म काठमाडौँ ४ का नागरिकको जीवनभर ऋणी रहनेछु। योपटकको निर्वाचन काठमाडौँ ४ मा मेरा लागि एकदमै सहज निर्वाचन थियो, तर सजिलो हुँदै गर्दा मैले अप्ठेरो रोजेको हुँ,’ थापाले भने,‘किनभने काठमाडौँ बाहिर जानुपर्छ भनेर मैले अठोट गरेको हुँ। योभन्दा पहिले पनि गरेको थिएँ, तर आँट गर्न सकिन। योपटक आँट्नुपर्छ भनेर आँटेको हो।’

कांग्रेसलाई मधेशले नै अहिलेको अवस्थामा ल्याएकाले मधेशसँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेशको नेतृत्व गर्ने प्रयास गरेमात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे। आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए। सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीँबाट आफूले जनताको समस्या सुन्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह