काठमाडौँ | नेपाली कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेसले घोषणापत्र ल्याउन लागेको हो।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। कांग्रेसले यसपटकको घोषणापत्रमा १० भिजनसहितको संकल्प ल्याउँदैछ।