2026-10-20 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लागि आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गरेकाे छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेपाल बन्द सधैँका लागि बन्द गर्ने संकल्प गरे।

संकल्पपत्रमा भनिएको छ, “नेपाल बन्दको संस्कृतिले देशको आर्थिक विकासका साथै सामाजिक जनजीवनमा अत्यन्तै नकारात्मक प्रभाव पारेको छ। यस तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”

सो अवसरमा बोल्दै अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा कायम रहेको लुटतन्त्र र निषेधको राजनीतिको विपक्षमा सदन र सडकमा सशक्त ढङ्गले प्रस्तुत गर्ने बताए। उनले जेनजी विद्रोह राप्रपाले लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाउँदै आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल भएको दाबी गरे ।

“ठूला ठानिएका राजनीतिक दलहरूको अकर्मण्यता र असफलता, चरम भ्रष्टाचार र कुशासनका साथै विद्यमान शासकीय प्रणालीमा आमूल परिवर्तनको लागि गत भदौ २३ र २४ गते नवयुवाहरू जेनजी विद्रोहमा निस्कनु परेको र उक्त विद्रोहबाट मुलुकले जनधनको अपूरणीय क्षति व्यहोर्नुपरेको यथार्थता हाम्रासामु छर्लङ्ग छ।” संकल्पपत्रमा भनिएको छ, ” उक्त विद्रोह राप्रपाले विगत लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाइ आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला ठानिएका राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल हो भन्ने राप्रपाको ठम्याइ रहेको छ।”

विद्रोहमा मुखरित नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरूप दिन र विद्रोहका भावनालाई संस्थागत गर्नुको सट्टा देशी, विदेशी शक्ति केन्द्रको प्रत्यक्ष, अप्रत्यक्ष प्रभावमा मुलुकलाई गलत बाटोतर्फ डोर्याउने काम भइरहेको संकल्पपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ