2026-06-28 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन पाइँदैन, अब सक्ने कुरा मात्र बोल्छौं: विश्वप्रकास शर्मा

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस लमजुङको आयोजनामा सदरमुकाम बेँसीशहरमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चुनाव केवल दलको जित–हारको विषय नभई देशलाई संकटबाट निकास दिने क्षमताको परीक्षण भएको बताउनुभयो ।

शर्माले भन्नुभयो, “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिमा देशलाई कसले संयमताका साथ समन्वय गर्न सक्छ, कसले परिपक्व ढंगले गाँस्न सक्छ र हाँक्न सक्छ भन्ने हो ।”

उहाँले ऐतिहासिक तथ्यका आधारमा काँग्रेसले मुलुकलाई सही ढंगले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गर्नुभयो । उहाँले इतिहासका विभिन्न मोडमा नेपाली काँग्रेसले देशभित्रका भिन्न शक्ति, दल र समुदायबिच समन्वय गरेर देशलाई निकास दिने भूमिका खेलेको दाबी गर्नुभयो । अहिलेको बदलिँदो अबस्था र पुस्ताबिच पनि समन्वय गर्दै देशलाई नयाँ विश्वासको चरणमा लैजान सक्ने क्षमता काँग्रेससँग रहेको उहाँको भनाइ थियो । उपसभापती शर्माले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०७० सालको संविधानसभा निर्वाचनसम्मको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “२००७ सालको क्रान्तिपछि राणालाई मिलाउने कुरा, २०१५ सालपछि सबैलाई समेट्ने कुरा, पञ्चायत ढालेपछि राजालाई मिलाउने कुरा चानचुने थिएन् । लमजुङका मुक्ति अधिकारी जस्ता हजारौं मानिस मारिदाँ पनि माओवादीलाई मिलाएर ल्याएको दल काँग्रेस हो ।”

२०६४ मा अहिलेको जस्तै हुरी चल्दा काँग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो, देशले संविधान पाएन । २०७० मा काँग्रेस पहिलो दल बनेपछि दुई वर्षमै संविधान आयो । यो कुरा जनतालाई बुझाउनुपर्छ, उहाँले भन्नुभयो । उहाँले मतदातालाई गम्भीर भएर निर्णय लिन आग्रह गर्दै प्रश्न गर्नुभयो, “२०६४ जस्तै गल्ती दोहो¥याउने कि २०७० जस्तै विवेक पुगाउने ? आजको मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्याउन सक्छ भन्ने रहेको उहाँको भनाइ छ । उहाँले जेनजी आन्दोलनपछिको आवेग र उत्तेजनालाई शान्तिमा ढालेर समाजलाई गाँसेर अघि बढ्न कांग्रेसलाई मत दिनुर्ने बताउनुभयो ।

अबको देशमा आशन, शासन र भाषण सुधार्नेगरी काँग्रेस अघिबढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब काँग्रेस एउटै ब्यक्तिले मात्र अबसर पाउने छैन् । दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन पाइँदैन, अब सक्ने कुरा मात्र बोल्छौं, गर्नसक्ने मात्र गर्छौं । कसैलाई गाली गर्दैनौं ।”

कांग्रेस यतिबेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उहाँले भन्नुभयो, “त्यही अभियानको लहरमा लमजुङ पनि मिसिने छ । देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुछ । यदि सही ढंगले देशलाई अघि बढाउन सकेनौ भने अहिले जेनजी विद्रोह भयो, १० वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ । हामी त्यो अबस्था बन्न दिनेछैनौं ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी