2026-10-23 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौँ | नेकपा एमालेको घोषणापत्र सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न ‘एमालेले बनाउँछ’ भन्ने मूल नारासहित आफ्नो संकल्प सार्वजनिक गरेको छ ।

घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । मुलुकलाई अस्थिरताको चक्रबाट बाहिर निकाली विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले २०७२ सालको संविधान जारी भएपछिको विकासको नेतृत्व एमालेले नै गरेको दाबी गरेका छन् । घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्‍याउने तथा नेपालीको प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार अमेरिकी डलर पुर्‍याउने महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्य राखिएको छ ।

जनतालाई प्रत्यक्ष राहत दिने उद्देश्यले एमालेले सरकार गठन लगत्तै सुरु गर्ने ११ वटा ग्यारेन्टीसहितका कामहरू घोषणापत्रमा समेटेको छ । जसअनुसार १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई वार्षिक रूपमा १० जीबी डाटा निःशुल्क उपलब्ध गराउने, सूचना प्रविधि र स्टार्टअपमा लाग्ने युवालाई १० हजार डलर बराबरको ‘डलर कार्ड’ र विद्यार्थीलाई २० लाखसम्मको निर्ब्याजी ऋण उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, स्वदेशमै रोजगारी सिर्जना गर्न न्यूनतम पारिश्रमिक मासिक २५ हजार पुर्‍याउने र वैदेशिक रोजगारीमा रहेका श्रमिकको खातामा वार्षिक ५ हजार थप बोनस दिने जस्ता लोकप्रिय कार्यक्रमहरू समावेश छन् ।

महिला तथा सामाजिक सुरक्षाको क्षेत्रमा पनि एमालेले विशेष जोड दिएको छ । सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता २० हजार पुर्‍याउने, सुत्केरी पोषण भत्ता र महिला उद्यमीलाई २० लाखसम्मको निर्ब्याजी ऋण उपलब्ध गराउने योजना अघि सारिएको छ । विपन्न परिवारले लिएको २५ हजारसम्मको ऋण मिनाहा गर्ने र सुरक्षाकर्मीहरूको सम्मान तथा कल्याणकारी योजना ल्याउने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ ।

पूर्वाधार विकासतर्फ एमालेले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, आधुनिक सुरुङ मार्गहरू र ठुला सहरहरूमा मेट्रो तथा मोनोरेल सञ्चालन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । ‘डिजिटल नेपाल’ को अवधारणालाई मूर्तरूप दिँदै सुशासन कायम गर्न भ्रष्टाचारीलाई कडा कारबाही गर्ने र सरकारी सेवा प्रवाहलाई चुस्त बनाउन ‘नागरिक एप’ लाई सुपर एपका रूपमा विकास गर्ने एमालेको योजना छ । आगामी दुई वर्षभित्र सबैको घरमा स्वच्छ खानेपानी र पाँच वर्षभित्र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने दाबी एमालेले गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा एमालेले जोड दिएको छ । विदेशमा रहेका नेपालीहरूलाई ‘सद्भाव दूत’ का रूपमा लिँदै उनीहरूको सीप र पुँजीलाई राष्ट्र निर्माणमा लगाउने र एनआरएनलाई ‘खास प्राकृतिक लगानीकर्ता’ को मान्यता दिने घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने