2026-10-22 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताले खोजेको विकल्प रास्वपा भएको बताएका छन्। बिहीबार कर्णालीको राजधानी सुर्खेतमा भएको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले अरूले धेरै वर्षसम्म पनि मौका पाएर पनि जनताका आकांक्षा पूरा गर्न नसकेपछि आफूहरू जनताले खोजेको विकल्प भएको बताएका हुन्।

साथै उनले बहुमतको स्थायी सरकार दिन नसके मुलुक अप्ठ्यारो ठाउँमा पुग्न सक्ने बताए। लामिछानेले रास्वपाले सरकार बनाएपछि गर्ने काममा जनताले आशंका गर्न नपर्ने दाबी गरे।‘देश आँखै अगाडि नर्क हुन लागेकाले रोक्न खोजेको हो, नेपाललाई नेपाल बनाउन खोजेको हो, कर्णालीलाई कर्णाली बनाउन खोजेको हो,’ उनले भने, ‘पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो।’ उनले कानुनी राज्य स्थापित गर्ने, थिति बसाल्ने र गलत पनि नगर्ने, गर्न पनि नदिने प्रतिबद्धता जनाए।

त्यस्तै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको विकासका लागि उत्पादनलाई कम्तीमा पनि देशभर पुर्‍याउने पार्टी बन्न चाहेको बताए। कर्णालीको दु:खलाई बेच्ने नेता धेरै आए पनि दु:ख बुझ्ने नेता आउन नसकेकाले रास्वपा जनताको पार्टी बन्न खोजेको उनको भनाइ छ। उनले कर्णालीको प्रचुर सम्भावनालाई वृद्धि गर्नका लागि जनताको साथ प्राप्त बताए। सो कार्यक्रममा रास्वपा ले वाचापत्र नाममा आफ्नो चुनावी घोषणपत्र पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ