2026-06-28 09:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताले खोजेको विकल्प रास्वपा भएको बताएका छन्। बिहीबार कर्णालीको राजधानी सुर्खेतमा भएको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले अरूले धेरै वर्षसम्म पनि मौका पाएर पनि जनताका आकांक्षा पूरा गर्न नसकेपछि आफूहरू जनताले खोजेको विकल्प भएको बताएका हुन्।

साथै उनले बहुमतको स्थायी सरकार दिन नसके मुलुक अप्ठ्यारो ठाउँमा पुग्न सक्ने बताए। लामिछानेले रास्वपाले सरकार बनाएपछि गर्ने काममा जनताले आशंका गर्न नपर्ने दाबी गरे।‘देश आँखै अगाडि नर्क हुन लागेकाले रोक्न खोजेको हो, नेपाललाई नेपाल बनाउन खोजेको हो, कर्णालीलाई कर्णाली बनाउन खोजेको हो,’ उनले भने, ‘पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो।’ उनले कानुनी राज्य स्थापित गर्ने, थिति बसाल्ने र गलत पनि नगर्ने, गर्न पनि नदिने प्रतिबद्धता जनाए।

त्यस्तै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको विकासका लागि उत्पादनलाई कम्तीमा पनि देशभर पुर्‍याउने पार्टी बन्न चाहेको बताए। कर्णालीको दु:खलाई बेच्ने नेता धेरै आए पनि दु:ख बुझ्ने नेता आउन नसकेकाले रास्वपा जनताको पार्टी बन्न खोजेको उनको भनाइ छ। उनले कर्णालीको प्रचुर सम्भावनालाई वृद्धि गर्नका लागि जनताको साथ प्राप्त बताए। सो कार्यक्रममा रास्वपा ले वाचापत्र नाममा आफ्नो चुनावी घोषणपत्र पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी