
काठमाडौँ | सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ३ हजार २ सय रूपैयाँले सुनको मूल्य बढेर प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ५९५ रुपैयाँ पुगेको छ ।