Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रात्रि बसमा जुम्ला टु काठ्माडौ सरर

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी | असोज ३०, जुम्ला । जुम्लाको सिंन्जाबाट कर्णाली यातायात ब्यवसायी संघ जुम्लाले काठमाडौ जाने यात्रुहरुलाई सहजताको लागि रात्रि बस सेवा सुरु गरेको छ ।

यसै हप्ताबाट हरेक आइतबार, बुधबार र शुक्रबार गरी एक हप्तामा ३ वटा रात्रि सेवाका बसहरु चल्न शुरु भएका हुन् । छोटोदुरीका बस सेवाबाट लामो दुरीका यात्रुहरुले सास्ती बोक्नु परेपछि रात्रि बस सेवा सुरु गरीएको कर्णाली यातायात ब्यावसायी संघ जुम्लाका इन्चाार्ज इन्द्र थापाले जानकारी दिनुभयो ।

कर्णाली यातायात ब्यावसायी संघले सिंजा गोठीज्यूलाबाट २ बर्ष पहिला देखीनै दिवा सेवाका बसहरु सन्चालनमा ल्याएर लामो तथा छोटो दुरीको बस सेवा सुरु गरेको थियो । यसअघि जुम्लाबाट कालीकोट, दैलेख, सुर्खेत, नेपालगंज, काठ्माडौसम्म दिवा सेवा दिदै आईरहेको यातायात ब्यवसायि संघ सुदुरपश्मिका जिल्लाहरुमा समेत केही समय भित्रमा बस सेवा संचालन गर्ने योजनामा रहेको छ ।

रात्रि सेवा शुरु भएपछि जुम्ला सिंन्जा कनकासुन्दरी गाँउपालिका, सिंन्जा गाँउ पालिका, हिमा गाँउ पालिका र मुगु जिल्लाबाट आउने स्थानियलाई सहज हुने भन्दै यात्रुहरु खुसी भएका छन् । अहिले प्रति यात्रुहरुको सिंन्जाबाट काठामाडौसम्मको भाडादर तीन हजार रुपैया तोकिएको छ । कर्णाली राजमार्गको स्तरउन्नोतिसँगै रात्रि बस सेवा पनि शुरु भएको हो ।