Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब रोल्पाबाट सिधै दिल्ली !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ३०, रोल्पा (रासस) | रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीका लागि सिधा बस सेवा शुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा शुरु गरेको हो ।

सेवा शुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा हुने भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेपालगञ्ज हुँदै भारतको नयाँ दिल्लीका लागि बस सेवा शुरु गरिएको छ ।

यसैगरी हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने व्यवस्था गरेको रोल्पा यातायात प्रालिले जानकारी दिएको छ । डिलक्स सेवाको आरामदायी बस रहेकाले यात्रा सुरक्षित र भरपर्दो हुने प्रालिले बताएको छ ।

यसअघि सो प्रालिले काठमाडौँ, नेपालगञ्ज र दाङजस्ता शहरमा दिवा र रात्रि बस सेवा शुरु गरेको थियो । प्रालिले जिल्लामै पहिलोपटक अनलाइन टिकट प्रणालीको समेत शुरुवात गरेको बताएको छ ।

यात्रुले ई सेवा प्रयोगकर्ता तथा नजिकको ई सेवा जोन प्वाइन्ट, अनलाइन पेमेन्ट, बस सेवा, आइएमइ एजेन्ट तथा विभिन्न स्थानमा रहेका इपेका किओस्क टर्मिनलबाट अनलाइन टिकट लिन सकिने बताइएको छ ।

जिल्लामा जलजला यातायात व्यवसायी समिति, जलजला यातायात प्रालि र रोल्पा यातायात प्रालिले जिल्लाका भित्री सडकका साथै प्यूठान, दाङ, नेपालगञ्ज, बुटवल र काठमाडौँसम्म सेवा पुर्याउँदै आएका छन् ।