2026-10-22 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिन सक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको बताएका छन् । गुल्मी–१ मा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले अहिले देशलाई निकास दिने कांग्रेस बाहेक अन्य पार्टी नभएको बताएका हुन् । उनले भनेका छन्, ‘सबै क्षेत्रका योग्य र विज्ञलाई जोडेर देश सम्हाल्ने तागत आजका दिनमा कांग्रेसका सभापति गगनकुमार थापामा रहेको छ । चन्द्र भण्डारी जस्तो विज्ञको नेतृत्वमा संरचना बनाएर सिंगो समाजमा राम्रोसँग ड्राइभ गर्नसक्छ भन्नेमा हामी विश्वस्त छौँ । देश सम्हाल्ने विश्वास दिलाएका छन् । परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ ।’

उपसभापति शर्माले थापा प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा आफूसहितका नेताहरूले सांसदले सही मुद्दा उठाए वा उठाएनन् भनेर हेर्ने र आफ्नो क्षेत्रमा प्रत्येक दुई महिनामा आएर मतदाताको समस्या बुझे कि बुझेनन् भनेर झक्झकाउने बताए । उनले भने, ‘संसदमा नरहेका म सहितका साथीहरूले जितेको सांसदले सही मुद्दाको उठाए वा नउठाएको हेर्ने र आफ्नो क्षेत्रका प्रत्येक दुई महिनामा एक पटक आएर मतदाताको समस्या बुझे वा नबुझेको पार्टी कार्यालयमा बसेर झक्झकाउने काम गछौँ ।’

उपसभापति शर्माले यो क्षेत्र कांग्रेस निर्वाचित भएपछि गुल्मीको अधिकतम विकासमा ध्यान दिनेमा डा. चन्द्र भण्डारी जिम्मेवार परिपक्व नेता भएकाले ढुक्क भएर जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ