2026-10-22 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले देशवासीका नाममा सन्देश जारी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा अनिवार्य सहभागी हुन र शान्तिपूर्ण वातावरण कायम राख्न अपिल गरेकी छन् । सोमबार भिडियो सन्देश जारी गर्दै उनले होली पर्व संयमित रूपमा मनाउन पनि सबैलाई आग्रह गरेकी हुन् ।

देश इतिहासको महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आउँदो फागुन २१ गते हुने निर्वाचनले नागरिकको भविष्य निर्धारण गर्ने बताए । मतदान केवल उम्मेदवार छान्ने प्रक्रिया मात्र नभई आफ्नै भविष्यको निर्णय हुने भएकाले सबै मतदातालाई मतदान केन्द्रमा पुग्न उनले आग्रह गरे ।

‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस् । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उनले भनिन् ।

उनले जनआन्दोलनपछिको जटिल राजनीतिक अवस्थाबाट देशलाई शान्तिपूर्ण निकासतर्फ डोर्याउँदै संविधानको मार्गमा फर्काउन सफल भएको उल्लेख गर्दै अहिले विधिको शासन स्थापित हुँदै स्थिरताका साथ अघि बढिरहेको बताए । यो उपलब्धि सम्पूर्ण नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको यस संवेदनशील समयमा शान्ति र अमनचयन कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई आग्रह गरिन् । स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भए पनि वैमनस्य र तनाव स्वीकार्य नहुने उनले स्पष्ट पारिन् ।

‘फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु,’ उनले भनिन्, ‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन।’

निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीको मेहनतले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरकारले आवश्यक सबै सुरक्षा संयन्त्र परिचालन गरिसकेको जानकारी दिए । प्रदेश तथा स्थानीय सरकारको सहयोग पनि महत्वपूर्ण रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ