2026-10-22 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान रूपमा अघि बढेको बताएका छन्। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले निर्वाचन अभियानको प्रभाव परिणाममा देखिने दाबी गरे। उनले पार्टीभित्र देखिएको ऊर्जा, बढेको जागरण र कांग्रेसप्रति बढ्दो जनविश्वासले सकारात्मक संकेत प्राप्त गरेको उल्लेख गरे।

उनले उम्मेदवारी दर्तापछिका पछिल्ला दिनहरूमा वडा तहदेखि पालिका तह हुँदै केन्द्रीय नेतृत्वसम्म अन्य दलका हजारौँ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेको बताए। यसले पार्टीप्रतिको आकर्षण र विश्वास बढेको संकेत गर्ने उनले बताए।

उनले भने, ‘यो निर्वाचनको अभियानको क्रममा नेपाली कांग्रेस पार्टीले विगतको भन्दा तुलनात्मक रुपले आफूलाई व्यवस्थित ढंगले अगाडि सारेको छ। त्यसको प्रभाव निर्वाचनको परिणामका रुपमा देखिने छ। नेपाली कांग्रेस पार्टीमा देखिएको उर्जा, बढेको जागर, नेपाली कांग्रेसप्रति बढीरहेको विश्वास र उम्मेदवारी दर्तापछिको पछिल्लो दिनहरुमा मात्रै नेपाली कांग्रेस पार्टीमा वडा तहदेखि,पालिका तहदेखि केन्द्रीय नेतृत्वसम्ममा रहेको अन्य पार्टीका साथिहरु हजारौं संख्यामा कांग्रेस प्रवेश गरेका छन्।’उपसभापति शर्माले वर्तमान विषम परिस्थितिलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग रहेको जिकिर गरे। ‘चुनावमा कसले जित्ने भन्ने मात्र मूल प्रश्न होइन, कसले देशको परिस्थितिलाई सम्हाल्न सक्छ भन्ने महत्वपूर्ण हो,’ उनले भने, ‘सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ।’

साथै उनले सबै राजनीतिक दलहरूलाई निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सहयोग गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ