काठमाडौँ | चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रता कायम राखेको छ। रास्वपाकी उम्मेदवार सोविता गौतमले प्रतिस्पर्धीभन्दा स्पष्ट अन्तर बनाउँदै अग्रता लिएकी हुन्। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सोविता गौतमले ३ हजार ६३९ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेकी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहालले २ हजार २६३ मत पाएकी छन्।
यस्तै, नेकपा (एमाले) का उम्मेदवार शङ्कर थपलिया ७४१ मतका साथ तेस्रो स्थानमा छन्। चितवन ३ मा मतगणना जारी रहँदा सोविता र रेणुबीचको मुख्य प्रतिस्पर्धा देखिएको छ। निर्वाचन कार्यालयका अनुसार अहिले मतगणना तीव्र गतिमा अघि बढिरहेको छ।