काठमाडौँ | प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका बरिष्ठ नेता बालेन शाहले दोब्बर मतान्तरले पछाडि पारेका छन् । जारी मतगणनाको पछिल्लो अपडेट अनुसार,बालेनले १०,१९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले ४,०८७ मत मात्र प्राप्त गरेका छन्।
एमालेको ‘गढ’ मानिने यस क्षेत्रमा पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओली सुरुवाती गणनामै पछाडि परेका हुन् । तेस्रोमा कांग्रेसकी मन्धरा चिमरिया ७८ मत ल्याएकी छिन्, भने नेकपाका रन्जित तामाङले ९० मत प्राप्त गरेका छन् ।