2026-10-22 02:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौँका नौवटै क्षेत्रमा रास्वपा अगाडि

काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् । आज दिउँसो १ः०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले पाँच हजार ८९७ मत ल्याई अग्रता हासिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले दुई हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले एक हजार ४६९ मत ल्याएका छन् ।

यस्तै काठमाडौँ–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले चार हजार २२० मत प्राप्त गरेका छन् भने कांग्रेसका रमेश अर्यालले दुई हजार १९० मत ल्याए ।

काठमाडौँ–४ मा रास्वपाकै पुकार बम ६ हजार २८४ मतका साथ अगाडि छन् । उनका प्रतिस्पर्धी कांग्रेसका सचिन तिमिल्सिनाले एक हजार ९०७ र नेकपा (एमाले) का राजन भट्टराईले एक हजार ४७९ मत पाएका छन् ।

काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मत ल्याई अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले तीन हजार ५५६ र एमालेका ईश्वर पोखरेलले एक हजार ९०८ मत ल्याएका छन् ।

काठमाडौँ–६ मा रास्वपाका शिशिर खनालले १० हजार ६१५ मत प्राप्त गरी अग्रता हासिल गरिरहेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका सवुज कृष्ण बानियाँ क्षेत्रीले दुई हजार ७७५ र एमालेका अमनकुमार मास्केले एक हजार ६१२ मत पाएका छन‍् ।

काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीले १० हजार २७३ मत ल्याएर अग्रता कायम गरिराखेका छन् । सो क्षेत्रमा एमालेका प्रकाश श्रेष्ठले एक हजार ६७२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले एक हजार ३८९ मत ल्याएका छन् ।

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठले १४ हजार ७५१ मत ल्याउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले एक हजार ९९५ र कांग्रेसका सपना राजभण्डारीले एक हजार ६४५ मत प्राप्त गरेका छन् ।

काठमाडौँ–९ मा डोलप्रसाद अर्यालले पाँच हजार ५५९ मत ल्याई अग्रता कायम गरिराखेका छन् । सो क्षेत्रमा कांग्रेसका नानुमैयाँ बास्तोलाले एक हजार ११६ र एमालेका अजयक्रान्ति शाक्यले ९७० मत ल्याएका छन् ।

काठमाडौँ–१० मा रास्वपाकै प्रदीप विष्टले आठ हजार ५०८ मत ल्याएर अग्रता कायम गरिराखेमका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठले एक हजार २२१ मत ल्याएका छन् ।

काठमाडौँ क्षेत्र नं १ मा यसअघि रास्वपाकै रञ्जु न्यौपाने १५ हजार ४५५ मत ल्याई विजयी भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ