२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काठमाडौँका नौवटै क्षेत्रमा रास्वपा अगाडि

२०८२, २२ फाल्गुन शुक्रबार १३:४०

काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् । आज दिउँसो १ः०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले पाँच हजार ८९७ मत ल्याई अग्रता हासिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले दुई हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले एक हजार ४६९ मत ल्याएका छन् ।

यस्तै काठमाडौँ–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले चार हजार २२० मत प्राप्त गरेका छन् भने कांग्रेसका रमेश अर्यालले दुई हजार १९० मत ल्याए ।

काठमाडौँ–४ मा रास्वपाकै पुकार बम ६ हजार २८४ मतका साथ अगाडि छन् । उनका प्रतिस्पर्धी कांग्रेसका सचिन तिमिल्सिनाले एक हजार ९०७ र नेकपा (एमाले) का राजन भट्टराईले एक हजार ४७९ मत पाएका छन् ।

काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मत ल्याई अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले तीन हजार ५५६ र एमालेका ईश्वर पोखरेलले एक हजार ९०८ मत ल्याएका छन् ।

काठमाडौँ–६ मा रास्वपाका शिशिर खनालले १० हजार ६१५ मत प्राप्त गरी अग्रता हासिल गरिरहेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका सवुज कृष्ण बानियाँ क्षेत्रीले दुई हजार ७७५ र एमालेका अमनकुमार मास्केले एक हजार ६१२ मत पाएका छन‍् ।

काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीले १० हजार २७३ मत ल्याएर अग्रता कायम गरिराखेका छन् । सो क्षेत्रमा एमालेका प्रकाश श्रेष्ठले एक हजार ६७२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले एक हजार ३८९ मत ल्याएका छन् ।

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठले १४ हजार ७५१ मत ल्याउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले एक हजार ९९५ र कांग्रेसका सपना राजभण्डारीले एक हजार ६४५ मत प्राप्त गरेका छन् ।

काठमाडौँ–९ मा डोलप्रसाद अर्यालले पाँच हजार ५५९ मत ल्याई अग्रता कायम गरिराखेका छन् । सो क्षेत्रमा कांग्रेसका नानुमैयाँ बास्तोलाले एक हजार ११६ र एमालेका अजयक्रान्ति शाक्यले ९७० मत ल्याएका छन् ।

काठमाडौँ–१० मा रास्वपाकै प्रदीप विष्टले आठ हजार ५०८ मत ल्याएर अग्रता कायम गरिराखेमका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठले एक हजार २२१ मत ल्याएका छन् ।

काठमाडौँ क्षेत्र नं १ मा यसअघि रास्वपाकै रञ्जु न्यौपाने १५ हजार ४५५ मत ल्याई विजयी भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता