असोज ३१, चौतारा । राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेल्दै गरेको अवस्थामा माओवादीको तर्फबाट वडाध्यक्ष बनेका जनप्रतिनिधिलाई प्रहरीले रं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३१, चौतारा । राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेल्दै गरेको अवस्थामा माओवादीको तर्फबाट वडाध्यक्ष बनेका जनप्रतिनिधिलाई प्रहरीले रं"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बृद्धभत्ताको पैसा लिएर जुवा खेल्दै गरेको अवस्थामा वडाध्यक्ष पक्राउ

३१ आश्विन २०७४, मंगलवार ०४:५१

असोज ३१, चौतारा । राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खेल्दै गरेको अवस्थामा माओवादीको तर्फबाट वडाध्यक्ष बनेका जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार राति पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट गएको टोलीले अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन पोखरेलले बताए ।

वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम ढाँटेर विजय तामाङ बताएका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बृद्ध र बिधवा भत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

जुवाखालबाट एक लाख १८ हजार रुपैयाँ समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो