2026-07-25 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा फेरी देखियो फुटपाथ समस्या फोटो सहित

कमल सुबेदी  | असोज ३१,  पोखरा  | पोखरा लेखनाथ महानगरपालीकामा फेरी फुटपाथ  समस्या देखिएको छ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार  नजिकिएसंगै पोखरामा फुटपाथ ब्यसायीहरु सडकमा आएका छन् ।  फुटपाथ समस्याले गर्दा पैदल यात्रीहरु मारमा परेका छन् ।  सर्बसाधरण हिड्ने सडक पेटीमा ब्यापार भएपछि  सडक बाट  हिड्नु परेको पोखरा ८ मा बस्ने अनिल खड्काले गुनासो गरे ।

सामान किन्न चिप्लेढुंगा आएका  उनी फुटपाथमा भएको ब्यापारका कारण ५ मिनेटमा पुगिने महेन्द्रपुल पुग्न उनलाइ २५ मिनेट लागेको बताए । फुटपाथ ब्यापारीका कारण स्थानीय सटर ब्यबसायीहरु पनि आक्रोसीत भएका छन् । केहि सटर ब्यबसायीहरु भने फुटपाथ सम्म सामान राखेर ब्यापार गरिरहेका छन् । यस बिषयमा कुरा गर्दा  पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसीले कर्मचारी अभावका कारण फुटपाथ व्यवसायीहरलाइ व्यवस्थापन गर्न नसकेको बताए । जिसीले फुटपाथलाइ सहज गर्न महानगरपालीकाले काम गरीरहेको जानकारी दिए तर  चिप्लेढुंगाका सटर  ब्यापारी भने त्यो कुरा मान्न तयार छैनन ।

ब्यापारीले महानगरको गाडी बेला बेला मा घुम्न आए जसरी आउछ, तर फुटपाथ ब्यापारीलाइ केहि नगरेको ब्यापारीहरु बताउछन् । यता भने फुटपाथ हटाउदा संयोजक भएका पोखरा उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष संजिब बहादुर कोइरालाले राजस्व नतिरि ब्यापार गर्ने काम गैह्र कानुनी भएकोले कारबाही गर्नुपर्ने बताए । फुटपाथ हटाउने दायित्व महानगरको भएकोले  यो या त्यो बाहानामा कारबाही नहुनु दुखद हो उनले भने । पैदलयात्रीको अधिकार खोस्ने कसैलाइ अधिकार नभएकोले महानगरले तत्काल  फुटपाथ ब्यापारीलाइ कारबाही गनुपर्ने बताए  ।  पोखरामा २०६९ सालमा फुटपाथ हटेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक