काठमाडौँ | फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सबैभन्दा धेरै १२५ सिट जितेको छ। वालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिएको रास्वपाले प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको हो।
दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ८, नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।