२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक

२०८२, २८ फाल्गुन बिहीबार ११:५५

काठमाडौँ | चितवन ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले निर्वाचन कानुनअनुसार आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेकी छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले निर्वाचन अवधिमा भएको सम्पूर्ण खर्चको विवरण आयोगसमक्ष बुझाएको बताएकी छन्।

उक्त विवरण अनुसार मनोनयन दर्तामा ५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ। प्रचार–प्रसार सामग्रीमा ३ लाख १७ हजार ४०० सय रुपैयाँ खर्च गरिएको छ भने मतदाता प्रशिक्षणका लागि १ दिनमा ३० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ। त्यसैगरी नमुना मतपत्र तथा घोषणा पत्र छपाइमा ७४ हजार २ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। वडा स्तरीय प्रचार–प्रसारका लागि २८ वडामा सञ्चालन गरिएको कार्यक्रममा करिब १ लाख रुपैयाँ खर्च गरिएको छ। त्यस्तै १५ दिनका लागि सवारी साधन प्रयोग गर्दा चालकसहित ३ लाख २५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। सचिवालय प्रयोजनका लागि स्टेशनरीमा २३ हजार ४४५ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

निर्वाचन अभियानका क्रममा खाद्यान्न, रासन तथा पानी व्यवस्थापनका लागि १ लाख १८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। यसरी विभिन्न शीर्षकमा भएको खर्च जोड्दा कुल निर्वाचन खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ पुगेको विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन