2026-10-20 02:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक

काठमाडौँ | चितवन ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले निर्वाचन कानुनअनुसार आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेकी छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार उनले निर्वाचन अवधिमा भएको सम्पूर्ण खर्चको विवरण आयोगसमक्ष बुझाएको बताएकी छन्।

उक्त विवरण अनुसार मनोनयन दर्तामा ५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ। प्रचार–प्रसार सामग्रीमा ३ लाख १७ हजार ४०० सय रुपैयाँ खर्च गरिएको छ भने मतदाता प्रशिक्षणका लागि १ दिनमा ३० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ। त्यसैगरी नमुना मतपत्र तथा घोषणा पत्र छपाइमा ७४ हजार २ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। वडा स्तरीय प्रचार–प्रसारका लागि २८ वडामा सञ्चालन गरिएको कार्यक्रममा करिब १ लाख रुपैयाँ खर्च गरिएको छ। त्यस्तै १५ दिनका लागि सवारी साधन प्रयोग गर्दा चालकसहित ३ लाख २५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। सचिवालय प्रयोजनका लागि स्टेशनरीमा २३ हजार ४४५ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।

निर्वाचन अभियानका क्रममा खाद्यान्न, रासन तथा पानी व्यवस्थापनका लागि १ लाख १८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ। यसरी विभिन्न शीर्षकमा भएको खर्च जोड्दा कुल निर्वाचन खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ पुगेको विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ