२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने

२०८२, २८ फाल्गुन बिहीबार १४:१७

काठमाडौँ | सुर्खेतमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सुर्खेत प्रहरीले सीआईबीसँग सहयोग मागेपछि प्रहरी निरीक्षकको नेतृत्वमा विज्ञ टोली वीरेन्द्रनगर पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सम्पन्न भइसकेको छ र अब केन्द्रीय टोलीले घटनाका थप पाटोहरूबारे अनुसन्धान अघि बढाउनेछ।

प्रहरीले घटनासँग सम्बन्धित पोस्टमार्टम रिपोर्ट प्राप्त गरिसकेको छ भने पीडित र अभियुक्त पक्षका मोबाइल फोनसहित विभिन्न विद्युतीय सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षणको रिपोर्ट आएपछि पोस्टमार्टम प्रतिवेदनसँग मिलाएर घटनाको अन्तिम निष्कर्षमा पुग्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताएका छन्।

यसैबीच, जिल्लास्तरमा छुट्टै अनुसन्धान टोली गठन गरी काम भइरहेको छ भने कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट आएको पोलिग्राफ टोलीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ। पोलिग्राफी परीक्षणमार्फत बयानको सत्यता जाँच्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। साथै कल डिटेल्स र किशोर–किशोरीबीच भएका विद्युतीय संवादसमेत अनुसन्धानको दायरामा राखिएको छ।

प्रहरीका अनुसार हालसम्म पीडित परिवारले शव बुझिसकेको छैन। परिवारको जाहेरीका आधारमा भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरेको थियो। प्राप्त प्रतिवेदनमा जबरजस्ती करणीका क्रममा संवेदनशील अंगमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव हुँदा बालिकाको मृत्यु भएको उल्लेख गरिएको छ।

गुर्भाकोट–६ बडाखोली स्थायी घर भएकी इनिसा विकको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। घटनालाई सामूहिक बलात्कारपछि हत्या भएको भन्दै पीडित परिवारले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सबै जना १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ। घटनाको दिन नै एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको थियो भने त्यसको भोलिपल्ट थप तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त