2026-10-21 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह

काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् । आफूहरूले थापालाई मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण राजीनामा नदिन आग्रह गरेको रसाइलीले जानकारी दिए ।

‘यस्तो बेलामा पार्टीलाई पनि निकास दिन र १५ औं महाधिवेशन गर्न तपाईंको नेतृत्व जरूरी छ । राजीनामा नदिनुस् भन्यौ,’ उनले भने ।

निर्वाचनमा हारजित स्वाभाविक भएको र मतदाताले झुक्किएर मत र मन परिवर्तन गर्नुलाई अन्यथा लिन नहुने उनीहरूको भनाइ छ ।‘संसदीय व्यवस्थामा निर्वाचनमा हारजित भइहाल्न्छ । मतदाताले कहिलेकाहीँ झुक्केर पनि मन र मत परिवर्तन गर्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन भन्यौं,’ सहमहामन्त्री रसाइलीले भने ।

सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, बिष्णु पाण्डे, सीता मिजारसहित तीन दर्जन केन्द्रीय सदस्यहरू गएका उनले बताए । २१ फागुनमा सम्पन्न निर्वाचनमा प्रतिकूल परिणाम आएपछि कांग्रेसमा सभापति थापाले राजीनामा दिनुपर्ने स्वरहरू सुनिन थालेका छन् । उनले पनि केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ