2026-08-21 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत

काठमाडौँ | नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र नेतृत्व परिवर्तनको च्याप्टर क्लोज भइसकेको बताएका छन्। उपमहासचिव योगेश भट्टराईले नेतृत्वले मार्गप्रशस्त नगरे पार्टीमा अप्रिय निर्णय लिन सकिने भनी दिएको अभिव्यक्तिको सन्दर्भमा बस्नेतले पार्टीलाई नभई त्यस्तो बोल्नेलाई नै अप्रिय अवस्था आउने चेतावनी दिएका हुन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले पार्टीले विगतमा पनि आन्तरिक र बाह्य दबाबहरूको सफलतापूर्वक सामना गरेको सुनाए।‘जुन आम कार्यकर्ताले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने प्रक्रियामा सहभागी हुन उहाँलाई भोट हालेका थिए, त्यही भावना नबुझी अप्रिय परिस्थितिको आउँछ भनी बोल्नु गलत हो,’ उनले थपे, ‘उहाँले चाहेर मात्र पार्टीभित्र अप्रिय परिस्थिति आउँदैन। यस्तो घटनाले पार्टीलाई नभई प्रिय परिस्थिति ल्याउन खोज्नेहरूलाई नै अप्रिय अवस्थामा पुर्‍याउने निश्चित छ।’

बजारमा नेपाली कांग्रेसको जस्तै विशेष महाधिवेशन बोलाएर अध्यक्ष ओलीलाई हटाउने चर्चा चलिरहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा बस्नेतले एमालेको परिवेश नितान्त फरक रहेको व्याख्या गरे। कांग्रेसले समयसीमा सकिएर महाधिवेशनको कुरा गरेको भए पनि एमालेले विधानले तोकेको समयभन्दा एक वर्ष अगावै महाधिवेशन गरेर नेतृत्व चयन गरेको उनले सुनाए। विगतमा पार्टी नेतृत्वमाथि प्रश्न उठेपछि अध्यक्ष ओलीकै पहलमा समयअगावै शानदार रूपमा महाधिवेशन सम्पन्न भएको बस्नेतले बताए। आगामी १२औं महाधिवेशनसम्म नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको उनको भनाइ छ।

उनले भने, ‘१२औं महाधिवेशनसम्मका लागि नेतृत्व परिवर्तनको विषय आजको हाम्रो पार्टीको विषय नै होइन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध