2026-10-21 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत

काठमाडौँ | नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र नेतृत्व परिवर्तनको च्याप्टर क्लोज भइसकेको बताएका छन्। उपमहासचिव योगेश भट्टराईले नेतृत्वले मार्गप्रशस्त नगरे पार्टीमा अप्रिय निर्णय लिन सकिने भनी दिएको अभिव्यक्तिको सन्दर्भमा बस्नेतले पार्टीलाई नभई त्यस्तो बोल्नेलाई नै अप्रिय अवस्था आउने चेतावनी दिएका हुन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले पार्टीले विगतमा पनि आन्तरिक र बाह्य दबाबहरूको सफलतापूर्वक सामना गरेको सुनाए।‘जुन आम कार्यकर्ताले केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने प्रक्रियामा सहभागी हुन उहाँलाई भोट हालेका थिए, त्यही भावना नबुझी अप्रिय परिस्थितिको आउँछ भनी बोल्नु गलत हो,’ उनले थपे, ‘उहाँले चाहेर मात्र पार्टीभित्र अप्रिय परिस्थिति आउँदैन। यस्तो घटनाले पार्टीलाई नभई प्रिय परिस्थिति ल्याउन खोज्नेहरूलाई नै अप्रिय अवस्थामा पुर्‍याउने निश्चित छ।’

बजारमा नेपाली कांग्रेसको जस्तै विशेष महाधिवेशन बोलाएर अध्यक्ष ओलीलाई हटाउने चर्चा चलिरहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा बस्नेतले एमालेको परिवेश नितान्त फरक रहेको व्याख्या गरे। कांग्रेसले समयसीमा सकिएर महाधिवेशनको कुरा गरेको भए पनि एमालेले विधानले तोकेको समयभन्दा एक वर्ष अगावै महाधिवेशन गरेर नेतृत्व चयन गरेको उनले सुनाए। विगतमा पार्टी नेतृत्वमाथि प्रश्न उठेपछि अध्यक्ष ओलीकै पहलमा समयअगावै शानदार रूपमा महाधिवेशन सम्पन्न भएको बस्नेतले बताए। आगामी १२औं महाधिवेशनसम्म नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको उनको भनाइ छ।

उनले भने, ‘१२औं महाधिवेशनसम्मका लागि नेतृत्व परिवर्तनको विषय आजको हाम्रो पार्टीको विषय नै होइन।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ