२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

२०८२, २ चैत्र सोमबार १८:२०

काठमाडौँ | चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको फागुन मसान्तसम्मको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हो । चालु आर्थिक वर्षको सुरुवात २०८२ साउन १ मा नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म आइपुग्दा यसमा २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ थप वृद्धि भएको कार्यालयले जनाएको हो ।

कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३.१६ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब १८ करोड १० लाख र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत अर्थात् १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा आन्तरिक ऋण २२.०७ प्रतिशत र बाह्य ऋण २५.०६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्ममा ३ खर्ब ४६ करोड ७२ लाख रुपैयाँ अर्थात् ५०.४४ प्रतिशत प्राप्त भएको छ ।

जसमध्ये समीक्षा अवधिमा सरकारले आन्तरिक ऋणतर्फ वार्षिक लक्ष्यको ६७.३१ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ६६ करोड ६९ लाख प्राप्त गरेको छ भने बाह्य ऋणतर्फ वार्षिक लक्ष्यको २४.३१ प्रतिशत ५६ अर्ब ८० करोड ३ लाख प्राप्त गरेको छ । सरकारले फागुन मसान्तसम्ममा ऋणको साँवा र ब्याज भुक्तानीमा कुल २ खर्ब ४२ अर्ब २६ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । यो वार्षिक बजेट विनियोजनको ५८.९४ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा