२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढी र डुबानको क्षति रु चार अर्ब ३४ करोड

२ कार्तिक २०७४, बिहीबार ०४:४८

कात्तिक २, दाङ (रासस) | यहाँ साउन अन्तिम साता आएको बाढी र डुबानले रु चार अर्ब ३४ करोड बढीको क्षति  पुर्याएको तथ्यांक संकलन भएको छ । 

जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले १३ वटा विषयगत कार्यालयबाट मागेको विवरणअनुसार चार अर्ब ३४ करोड १२ लाख ८० हजार ८४५ रुपैयाँ ६४ पैसाको क्षति भएको जनाएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु चार करोड ७० लाख २६ हजार ९८२, जिल्ला वन कार्यालयले रु १८ लाख ५० हजार, जिल्ला भू–संरक्षण कार्यालयले रु ३१ करोड ३८ लाखको क्षति भएको विवरण समितिमा बुझाएको छ । 

त्यसैगरी, जिल्ला शिक्षा कार्यालयले रु एक करोड ६५ लाख १६ हजार ६७६, प्रगन्न बड्कापथ सिँचाइ डिभिजनले रु ३२ करोड ५७ लाख ५० हजार, जिल्ला प्राविधिक कार्यालयले रु तीन करोड ७७ लाख र जिल्ला समन्वय समितिले रु दुई अर्ब १५ करोड ५५ लाखको भौतिक क्षति भएको उल्लेख गरेका छन् । 

यसैगरी, जनताको तटबन्धले रु २५ करोड ८० लाख, सिँचाइ डिभिजन कार्यालयले रु आठ करोड ७६ लाख, डिभिजन सडक कार्यालयले रु ४३ करोड ४० लाख, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयले रु ४६ करोड १६ लाख ९९ हजार, कृषि विकास कार्यालयले रु नौ करोड ७७ लाख २१ हजार र जिल्ला पशुसेवा कार्यालयले रु ४१ लाख १६ हजार गरी कुल चार अर्ब ३४ करोड १२ लाख ८० हजार रुपैयाँको क्षति भएको छ । 

बाढी र डुबानका कारण सातजनाको मृत्यु, ३५९ घर पूर्णरुपमा क्षति र २८२ घर आंशिकरुपमा भत्किएको समितिले जानकारी दिएको छ । मृत्यु भएका, घर भत्किएका र प्रभावित प्रतिपरिवारलाई गरी रु ६५ लाख ६७ हजार ८०० राहत प्रदान गरिएको छ । 

बाढी प्रभावितका लागि व्यक्ति एवं संस्थागत गरी रु तीन लाख १३ हजार ३३२ नगद संकलन भएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने