2026-10-21 03:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिटमा आज फेरि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा यो मुद्दा प्राथमिकताका साथ पेशीमा राखिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोप फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध अधिवक्ताहरूले अदालतको ढोका ढकढक्याएका हुन्। युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र आभास रेग्मीले उक्त निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका छन् । यसअघि चार दिनसम्म लगातार सुनुवाइ भइसकेको थियो। त्यसक्रममा अदालतले महान्यायाधिवक्ताको पछिल्लो निर्णय र त्यससँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएको थियो। सोही आधारमा आज पुनः सुनुवाइ अघि बढ्न लागेको हो।

प्रारम्भमा लामिछानेविरुद्ध मात्रै अभियोग संशोधन गरिएको थियो। तर पछि माघ २ गतेको निर्णयमार्फत उनीसँग जोडिएका सहकारी प्रकरणका अन्य प्रतिवादीहरूलाई समेत सहकारी ठगीबाहेकका कसुरमा अभियोग नलगाउने निर्णय गरिएको थियो। यही निर्णयको प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठेपछि अदालतले थप कागजात मागेको हो ।

महान्यायाधिवक्ताको निर्देशनपछि चार जिल्लाका सरकारी वकिल कार्यालयहरूले पनि सम्बन्धित अदालतमा अभियोग संशोधनका लागि निवेदन दिएका छन्। तर जिल्ला अदालतहरूले सर्वोच्च अदालतको निर्णय नआएसम्म कुनै टुंगो नलगाउने अडान लिएका छन् । लामिछानेविरुद्ध कास्की, रूपन्देही, काठमाडौँ र पर्साका विभिन्न सहकारी प्रकरणमा ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोप लगाइएको थियो। यद्यपि, चितवनमा भने ती थप आरोप नलगाउने निर्णय गरिएको थियो । यसबीच, लामिछानेले आफूविरुद्धका आरोपहरू फिर्ता लिन आग्रह गर्दै महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका थिए, जसअनुसार अभियोग संशोधनको प्रक्रिया अघि बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ