2026-10-20 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ

काठमाडौँ | भारतबाट मलद्वारमा लुकाएर लागु औषध नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ६ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुलमा लागु औषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका सर्लाही इश्वरपुर–४, सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा-११ स्थित बसपार्कमा डेरागरी बस्ने ३१ वर्षीय सनम बुर्जा मगरलाई लागु औषधसहित पक्राउ गरेको हो ।

शरीर तलासी लिँदा उनले मलद्वारमा लुकाएर ल्याएको प्लास्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम र प्लास्टिकबाहेक ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई लागु औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै सोमबार बिहान ८ बजे मेची पुलमै मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा धादिङ गङ्गाजमुना गाउँपालिका वडा ५ बस्ने ४४ वर्षीय प्रकाश अधिकारी पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले सिटी सफारीमा नेपालतर्फ आइरहेका अधिकारीलाई सोधपुछ गर्दा मलद्वारभित्र लुकाइ छिपाई ल्याएको प्लास्टिकसहित १० ग्राम ४३० मिलिग्राम र प्लास्टिकबाहेक ९ ग्राम ८३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ