2026-08-21 02:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की

काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको एक असाधारण र ऐतिहासिक उपलब्धिको रूपमा चित्रण गरेकी छन्। बुधबार निर्वाचन आयोगद्वारा आयोजित जलपान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले ‘जेन–जी’ आन्दोलनपछिको असामान्य स्थितिलाई सामान्यीकरण गर्दै सफलतापूर्वक निर्वाचन गराउन सकेको बताइन्।

राष्ट्रपति रामचन्द्र पौडेलले तोकिदिएकै मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनुले संवैधानिक प्रणालीलाई थप सुदृढ बनाएको प्रधानमन्त्रीको दाबी छ। सरकार गठन हुँदाको चुनौतीपूर्ण अवस्था स्मरण गर्दै उनले देशमा सुरक्षा संवेदनशीलता, राजनीतिक संवादहीनता र कानुनी–राजनीतिक शून्यता रहेको बेला ६ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज नभएको उल्लेख गरे। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले देखाएको व्यावसायिक दक्षता र सरकारको पूर्ण स्रोत परिचालनका कारण यो सफलता सम्भव भएको उनले बताइन्।

प्रधानमन्त्री कार्कीका अनुसार यसपटकको निर्वाचनले सुरक्षा, स्वच्छता, मितव्ययिता र समयपालनामा नयाँ विश्वव्यापी मानक स्थापित गरेको छ। निर्वाचन घोषणापछि पनि ठूलो सङ्ख्यामा युवा मतदाता समेटिनु र राष्ट्रिय परिचयपत्रको तथ्याङ्कलाई निर्वाचन प्रणालीसँग आबद्ध गरिनुलाई उनले नवीन अभ्यासका रूपमा अर्थ्याइन्। सरकारी संयन्त्रमार्फत पारदर्शी खरिद प्रक्रिया र पुराना सामग्रीको पुनः प्रयोगले निर्वाचन खर्च नियन्त्रणमा ऐतिहासिक उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध