२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने

२०८२, १७ चैत्र मंगलवार १६:०५

काठमाडौँ | नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारी र शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको प्रहरी दमनको घोर भर्त्सना गरेको छ। पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारको उक्त कदमलाई अलोकतान्त्रिक र अधिनायकवादी चरित्रको पराकाष्ठा ठहर गर्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको हो। बैठकले सरकारी कदमको विरोधमा आगामी वैशाख १२ गते राजधानी काठमाडौँमा विशाल विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

त्यसअघि एमालेको निर्णय अनुसार आगामी चैत २५ गतेभित्र देशका सबै जिल्लाहरूमा आन्दोलन केन्द्रित बृहत् भेलाहरू आयोजना गरिनेछ । जिल्ला तहको तयारी पश्चात चैत २८ गते देशभरका सबै पालिकाहरूमा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय भएको छ। त्यसैगरी, आन्दोलनलाई थप सशक्त बनाउन वैशाख ३ गते वडा तहमा भेला गरिनेछ भने वैशाख ७ गते सातै प्रदेशका राजधानीहरूमा ठूला प्रदर्शनहरू आयोजना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी