2026-08-20 09:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने

काठमाडौँ | नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा चुनावको समीक्षा सातै प्रदेशमा गर्ने भएको छ । सातै प्रदेशका १६५ वटै निर्वाचन क्षेत्रको चुनावी समीक्षा र आगामी रणनीतिका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएर छलफल गरिने पार्टी महामन्त्री प्रदीप पौडेलले जनाएका छन् ।

पौडेलले चैत १६ गते आज सबै प्रदेश कार्यसमिति र कार्यक्रम हुने जिल्लाको जिल्ला कार्यसमितिलाई कार्यक्रम व्यवस्थापनको जिम्मा दिएको बताएका छन् । उनका अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुसँग निर्वाचन समिक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिनेछ ।

कोशी प्रदेशमा यही चैत २३ गते कार्यक्रम हुनेछ । यसका लागि सहमहामन्त्री डिला संग्रौलालाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । यस्तै मधेश प्रदेशमा चैत २५ गते कार्यक्रम हुनेछ । मधेशका लागि सहमहामन्त्री फरमुल्लाह मंसुर प्रतिनिधि तोकिएका छन् । बागमती प्रदेशका लागि केन्द्रीय प्रतिनिधि सहमहामन्त्री बहादुर सिंह लामा तोकिएका छन् । हटौँडामा वैशाख ७ गते कार्यक्रम गर्ने तय गरिएको छ । यस्तै पार्टी प्रवक्ता देवराज चालिसेलाई केन्द्रीय प्रतिनिधि तोकिएको गण्डकीमा चैत २७ गते कार्यक्रम हुनेछ । यस्तै लुम्बिनी प्रदेशको कार्यक्रम चैत २९ गते दाङमा गरिनेछ भने केन्द्रीय प्रतिनिधि सहमहामन्त्री योगेन्द्र चौधरी तोकिएका छन् ।

यस्तै कर्णाली प्रदेशका लागि सहमहामन्त्री कर्णबहादुर बुढा प्रतिनिधि तोकिएका छन् भने कार्यक्रम वैशाख ३ गते सुर्खेतमा हुनेछ । यस्तै सहमहामन्त्री प्रकाश स्नेही रसाइली केन्द्रीय प्रतिनिधि तोकिएको सुदूरपश्चिममा वैशाख ५ गते कार्यक्रम हुने तय भएको छ । काठमाडौँ पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै बैठक गरी समानान्तर गतिविधि बढाइरहेका बेला कांग्रेसले सातै प्रदेशमा समीक्षात्मक कार्यक्रम घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध