2026-10-21 08:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार

काठमाडौँ | नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशकी प्रदेश सांसद रेखा शर्मालाई रिहा गर्न सर्वोच्चले अस्वीकार गरेको छ। दुवै जनाको तर्फबाट मंगलबार दायर भएको छुट्टा छुट्टै बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो।

खड्काको तर्फबाट पत्नी विनिता थापा र शर्माको तर्फबाट उनका श्रीमान् चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। उनीहरूले गैरकानुनी रुपमा हिरासतमा राखिएकाले रिहा गर्न आदेश माग गरे पनि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले त्यसलाई अस्वीकार गरेको हो।

खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको हो। शर्मालाई घरेलु हिंसा सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ