Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | जुवातास खेलिरहेको अवस्थामा काठमाडौँमा १९ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-६ सिमलटारमा गए राति प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख २७ हजार ५ सय रुपैयाँ, ८ बुक तास र २८ थान कौडासहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।