2026-10-21 06:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ

काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गामा आफू नै ठगिएको दाबी सहित न्यायका लागि अदालत जाने बताएका छन् । फेवातालको किनारमा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरु गर्नका लागि मन्त्री गुरुङ सहित तीन जनाले जग्गा लिजमा लिएका थिए । उक्त जग्गा फेवातालको मापदण्ड बाहिर रहेको भनेर आफूलाई झुक्याएर लिजमा दिइएको उनले बताएका छन् । फेवाताल अतिक्रमित गरिएको जग्गा स्वयं गृहमन्त्रीले लिजमा लिएको भेटिएपछि उनी विवादमा तानिएका छन् ।

फेवाताल अतिक्रमित गरेर बनाइएका संरचनामा पोखरा महानगरले भत्काउन थालेपछि मन्त्री गुरुङले स्पष्टीकरण दिएका छन् । ‘हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए । लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको भनी देखाए । तर, पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्ने रहेछ,’ मन्त्री गुरुङले भनेका छन् । अतिक्रमित जग्गा भन्ने तथ्य लुकाई झुक्याइ लिजमा दिँदा आफू सहित साझेदार ठगिएको गुरुङको दाबी छ ।

अतिक्रमित जग्गा आफूहरुलाई झुक्याएर लिजमा दिएको जानकारी प्राप्त हुनासाथ निर्माण कार्य र लगानी रोकेको मन्त्री गुरुङले दाबी गरे । मन्त्री गुरुङले ठगीविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । ‘हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्ने जानकारी गराउँदछु,’ गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ