2026-09-10 12:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस

काठमाडौँ | ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन सभासमक्ष पेस गरेकी छन् ।

त्यसैगरी राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अध्यक्ष नारायणप्रसाद दाहालले सभामा प्रस्तुत गरेकाे सो प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । विसं १९९८ असोज ९ गते जन्मिनुभएका भट्टराईको ८४ वर्षको उमेरमा गत माघ १३ गते निधन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भट्टराई २०५६ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।

सभामा शोक प्रस्ताव सर्वसम्मतिले पारितपश्चात् उहाँको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौन धारण गरियो थियो । राष्ट्रियसभाको अर्को बैठक २०८२ चैत २५ गते बुधबार १ः१५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो