Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | प्रतिनिधिसभाबाट मदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको हो । साथै मन्त्री गुरुङले नै प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावपनि सर्वसम्मत रुपमा स्वीकृत भएको छ । त्यस्तै उनकै प्रस्तावमा नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पनि स्वीकृत भएको छ ।