
काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन मंगलबार (चैत २४) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । आजका लागि प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ८२० रुपैयाँ कायम भएको छ ।