काठमाडौँ | संघीय मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरिएको छ । नयाँ वरियताअनुसार गृहमन्त्री सुधन गुरुङ तेस्रो स्थानबाट पाँचौं स्थानमा झरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह पछिको दोस्रो वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेका छन् । नयाँ मर्यादाक्रम अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ चौथो वरियतामा रहेका छन् ।
यसैगरी, गृहमन्त्री गुरुङ पाँचौं वरियतामा परेका छन् ।