2026-09-29 04:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ

काठमाडौँ | पोखरामा केही दिनअघि भएको एक महिलाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यही चैत २५ गते साँझ पोखराको सभागृह चोक क्षेत्रमा सिर्जना पौडेल केसीमाथि धारिलो हतियार (खुँडा) प्रयोग गरी आक्रमण गरिएको थियो। घटनापछि घाइते अवस्थामै उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको भए पनि अत्यधिक रक्तस्रावका कारण उनको ज्यान गएको थियो।

कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार घटनामा संलग्न दुई जनालाई कास्की र रुपन्देहीबाट पक्राउ गरिएको हो। यसबारे विस्तृत जानकारी केही समयमै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

साँझ करिब ७ बजेर ६ मिनेटतिर पृथ्वी चोक नजिक सडकपेटीमा उभिएकी सिर्जनामाथि अचानक आक्रमण भएको थियो, जसले स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै