2026-10-19 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ | अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा अनावश्यक कागजात तथा बिल/रसिद पेस गर्न नपर्ने स्पष्ट पारेको छ। शुक्रबार जारी सूचनामार्फत विभागले वैदेशिक रोजगार विभागको अघिल्लो सूचनापछि उत्पन्न अन्योलप्रति ध्यानाकर्षण भएको जनाएको हो। विमानस्थलस्थित अध्यागमन कार्यालयमा श्रमिकसँग अतिरिक्त कागजात मागिएको विषय सार्वजनिक भएपछि विभागले औपचारिक स्पष्टोक्ति दिएको हो।

विभागका अनुसार नेपाल सरकार, गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय तथा प्रचलित अध्यागमन कानुनबमोजिम वैध भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि कम्तीमा ६ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र सम्बन्धित देशको भिसा भए पर्याप्त हुन्छ। त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानीजस्ता न्यूनतम कागजात भए पुग्ने विभागले जनाएको छ। यसबाहेक थप कागजात वा बिल/रसिद पेस गर्न आवश्यक नरहेको स्पष्ट पारिएको छ।

विभागले सेवाग्राहीलाई अनावश्यक झन्झट नदिने गरी सेवा प्रवाह गर्न र अतिरिक्त कागजात माग्ने प्रवृत्ति अन्त्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ